तुलसीपुर खबरको समाचार प्रभाव : १७ र १८ नम्बर वडाको अनुगमणपछि फोहर व्यवस्थापन सुरु

तुलसीपुर , ५ जेठ

तुलसीपुर उपमहानगरपालिका–१७ र १८  नम्बर वडाले कोरोना विशेष अस्पतालको अनुगमण गरेका छन् ।

डिजिटल पत्रीका  तुलसीपुर खबर डट कममा,  कोरोना विशेष अस्पतालका सदस्य सचिव डा. शर्माले भने– मेरो काम उपचार गर्ने हो चल्ला कुखुरा हेर्ने होइन भन्ने शिर्षमा समाचार प्रकाशित भएपछि दुई वटै स्थानीय सरकारका वडा प्रमुखले अस्पतालको अनुगमणपछि सरसफाईको व्यवस्थान सुरु गरेको १८ नम्बर वडा अध्यक्ष माधव वलीले फेसवुक मार्फत जानकारी दिएका छन् ।

बाहिर आएको जसतो हल्ला नभएको भन्दै स्थानीयबासीलाई त्रसीत नहुन वडाध्यक्ष वलीले अनुरोध गरेका छन् ।

‘  बिरामीले खाना खाएको बस्तुहरु खाडलमा राख्दै माटोले पुर्दै गरिएको छ । छाडा चौपायाहरू आउँछन् कि भनी हाल शुरक्षाकर्मी ड्युटीमा खटेको अवस्था छ , ’ वडाध्यक्ष वलीले फेसवुकमा लेखेका छन् – ‘अब एक दुई दिनमै उक्त खाडलहरुलाई तारजालीले बेरेर सुरक्षीत राख्छौ ।’

प्रकाशित मिति : २०७७ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया