सेनाको पोशाक लगाएको आरोपमा गैरसैनिक पक्राउ

फोटो : नयाँपत्रिका

तुलसीपुर, ५ जेठ

पोशाक दुरुपयोग गरेको आरोपमा नेपाली सेनाले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सैनिक पोशाक लगाएको आरोपमा बाँसबारी ईलाकामा होटल व्यवसाय गर्दै आएका शुशिल खड्कालाई सेनाले नियन्त्रणमा लिएर कारबाही प्रकृया अघि बढाएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

खड्काले सैनिक ज्याकेट लगाएकाले नियन्त्रणमा लिएर प्रहरी गणमा राखी आवश्यक कारवाही अघि बढाएको प्रवक्ता पाण्डेले तुलसीपुर खबरलाई जानकारी दिए ।

सैनिक पोशाकको दुरुपयोग गरेर विभिन्न व्यक्तिहरुले अबाञ्छीत कृयाकलाप गरेको भन्दै गृहमन्त्रायले गएको साउन १५ गते देखि गैरसैनिक नागरिकलाई सैनिक पोशाक नलगाउन निर्देशन दिइसेको छ ।

सैनिक व्यक्तिहरुको हिडडुल माथी निगरानी तथा सैनिक पोशाकको दुरुपयोग हुन नदिने उद्देश्यका साथ सेनाले उपत्यकाका विभिन्न स्थानहरुमा चेकजाच सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया