दुई सय बेडको क्वारेन्टाइन बनाउदै बबई गाउँपालिका

बालकृष्ण पाण्डे 

हापुरे(दाङ), ५ जेठ  / बबई गाउँपालिकाले कोरोनाका कारण आइपर्ने संकटलाई सामना गर्न दुई सय बेडको क्वारेन्टाइन निमार्ण कार्य अघी बढाएको छ ।

गाउँपालिकाले हापुरेमा रहेको बिद्यालयमा २ सय बेडको क्वारेन्टाइन निर्माण थालिएको गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार क्वारेन्टाइन बनाउन आवश्यक सबै सामग्री ल्याइसकिएको छ ।क्वारेन्टाइनमा हालसम्म ५ सय ४१ जनालाई राखिएको छ भने हाल ११ जना क्वारेन्टाइनमै रहेका छन् ।

क्वारेन्टाइनमा रहेकाहरुको पिसिआर चेकगरी नेगेटिभ रिपोर्ट आएपछी मात्रै घर पठाउने गरेको अध्यक्ष पौडेलले जानकारी दिए । उनका अनुसार छिमेकी मुलुक भारतमा रहेका बबई गाउँपालिकावासीलाई ल्याउने अन्तिम तयारी समेत भएको छ । उनीहरु आएपछी क्वारेन्टाइनमा राखेर मात्रै घर पठाइने छ ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया