कोरोना विशेष अस्पतालका डा. शर्माले भने : मेरो काम उपचार गर्ने हो, चल्ला कुखुरा हेर्ने होइन्

तुलसीपुर, ५ जेठ 

कोरोना विशेष अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले विषम परिस्थीतिमा सहयोग गर्नुको साटो अनर्गल प्रचार गरेर असहयोग गरिरहेको गुनासो गरेका छन् ।

‘उपचार कसरी भइरहेको छ । सुरक्षीत रुपमा अस्पतालाई कसरी व्यवस्थापन गर्न सकिन्छ । उपचार गर्ने र गराउनेलाई के जोखिम छ त्यसको बारेमा थाहा छैन,’ डा. शर्माले भने –‘ खाली, कुखुरा आयो, गाई आयो , कुकुर आएर खायो भन्ने ? के म अब उपचार गर्न छोडेर चल्ला कुखुराको ग्वाला लागु ?’

पर्खाल भित्र भएकाले बाहिर हल्ला गरे जस्तो फोहर पनि नभएको र पशुपंक्षी पनि नआएको डा.शर्माले बताए । बिरामी बाह्यक त्यस ठाउँमा अन्य कुनै मान्छे प्रवेस गर्न नपाउने बताउँदै उनले बिरामी ल्याउने सवारी साधनलाई बाहिरीदा र भित्रीदा समेत स्प्रिय गर्ने गरेको बताए ।

त्यस्तो जोखिम छ भने पनि स्थानीयले आफना लालाबाला, चल्लाकुखुरा आफै संरक्षण गर्नु पर्ने बताउदै डा. शर्माले यस्तो अवस्थामा चित्सिकलाई उत्प्रेणा प्रदान गर्नुको साटो उल्टै तनाव दिने गरेको गुनसो गरे । सरसफाईको व्यवस्थापन स्थानीय वडा सरकार र वडाको दलिय संयन्त्रले कसरी व्यवस्थापन गर्ने भन्न छोडेर उल्टै जनप्रतिनिधिबाट पनि यस्तै खालको गुनासो आउने गरेकाले झनै प्रताडित हुनु परेको गुनासो गरे ।

अस्पतालमा नआएर बाहिरबाट मात्रै टिकाटीप्पणी गर्नेर अनवश्यक टर्चर गर्ने भएकाले फोन समेत अफ गर्ने अवस्थामा पुगिसेको उनले बताए । अस्पतलामा रहेका १६ जना कोरोना संक्रमिलाई २ जना डाक्टर १० जना नर्सकाे निगरानीमा राखिएकाे छ ।

यता नागरिक समाज दाङका सल्लाहाकार टीकाराम रेग्मीले चिकित्सकलाई उपचार गर्ने वातावरणको सृजना गर्नु पर्ने बताए । चिकित्सको पहिलो काम भनेको बिरामीलाई बचाउने काम भएकाले अन्य काममा अलमल्याउने र अनावश्यक दवाव दिन नहुँने बताए ।

आफै जोखिम मोलेर उपचारमा सहभागि भएका चिकित्सकलाई मनोबल बढ्ने काम समुदायले गर्नु पर्ने सल्लाहाकार रेग्मीको भनाई छ ।

‘ हामीहरु रोगबाट बच्न घर भित्रै बसेकाबेला चिकित्सहरु ज्यानको बाजी लगाएर उपचारमा खटेका छन,’ रेग्मीले भने–‘ यस्तो अवस्थामा उनिहरुलाई सहयोग गर्ने हो । अन्य काम गर्ने , अरु निकाय छन  । त्यसको व्यवस्थापन उनिहरुले गर्नु परयो । ’

 

प्रकाशित मिति : २०७७ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया