कपिलवस्तुका ४५ जना क्वारेन्टाइनबाट भागे

कपिलवस्तु , ४ जेठ

प्रदेश ५ का तराइका जिल्लामध्ये कोरोनाको इपीसेन्टर मानिएको कपिलवस्तुमा क्वारेन्टाइनमा बसेका नागरिकहरू भागेका छन् ।

जिल्लाको यसोधरा गाउपालिका(८ का २ वटा क्वारेन्टाइनबाट ४५ जना नागरिक भागेको गाउपालिका अध्यक्ष गिरजेश कुमार पाण्डेयले पुष्टि गरे । उनीहरू सबै लकडाउनको समयमा भारतबाट आएका थिए ।

शुक्रबार राती वडा नम्बर ८ को खोरियास्थित सरस्वती प्राविमा निर्मित क्वारेन्टाइनका ३० जना बढि र शनिबार सोही वडाको राष्ट्रिय निमावि सिहोखोरका थप १५ जनासमेत क्वारेन्टाइन छोडेर भागेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते आइतवार
प्रतिक्रिया