काठमाण्डौ,१ जेठ ।
स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचनमा एमालेको अग्रता कायमै रहेको छ। सोमबार साँझ ५ बजेसम्मको नतिजा अनुसार नेकपा (एमाले) ले चार गाउँपालिका अध्यक्ष र २९ वडामा एमालेले विजय प्राप्त गरेको छ । एमालेले डोल्पाको से फोक्सुन्डो र काइके तथा मनाङको चामे र नेस्याङमा विजयी भएको छ ।
से फोक्सुन्डोमा निर्विरोध भएको एमालेका अंगद राना काइकेमा विजयी भए । मनाङको चामेमा एमालेकै लोकेन्द्र घले र नेस्याङमा कान्छा घले निर्वाचित भएका छन् । गणना भइरहेका अधिकांश स्थानमा एमालेका अग्रता छ ।
काठमाडौं, पोखरा र ललितपुर महागर तथा हेटौंडा उपमहानगरपालिकामा एमालेले अग्रता कायम गरेको छ। पछिल्लो नतिजा अनुसार, एमालेले देशका ६५ ठाउँमा अग्रता कायम गरिरहेको छ । काठमाडौं उपत्यकाभित्रका अधिकांश नगरपालिकामा पनि एमालेको अग्रता कायमै छ ।
प्रकाशित मिति : २०७४ जेष्ठ १ गते सोमवार