नेपालमा कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या दुई पुग्यो

दाङ, ४ जेठ ।

नेपालमा कोरोना भाईरस कारण मृत्यु हु्नेको संख्या दुई पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका भनिएका नरैनापुर ५ नयाँ बस्तीका २५ वर्षीय युवकको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ।

उनको भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा कोरोना भाइरस सक्रमण पुष्टि भएको थियो । उनी गत वैशाख ३० गते भारतको मुम्वईबाट नेपाल आएका थिए।

नेपाल आएका उनलाई क्वारेन्टाईनमा राखीएको थियो । क्वारेन्टाईनमै बसेको समयमा उनको अचानक मृत्यु भएको थियो । यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो।

 

प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते आइतवार
प्रतिक्रिया