हलवार खानेपानीद्धारा पानी महसुलमा छुट दिने

तुलसीपुर, ४ जेठ ।

 दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ बनहरीमा रहेको हलवार खानेपानी उपभोक्ता तथा सरसफाई समितिले पानीको महशुलमा छुट दिने भएको छ । समितिको आईतवार बनहरीमा बसेको कार्यसमितिको बैठकले चैत महिनाको पानी महशुलमा मिनाह गर्ने निर्णय गरेको समितिका अध्यक्ष दोलक बहादुर खत्रीले जानकारी दिएका छन्

। विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण उत्पन्न भएको लकडाउनले गर्दा उपभोक्ताहरुमा आर्थिक समस्या भएको भन्दै चैत महिनाको पानी महशुलमा छुट दिने निर्णय भएको अध्यक्ष खत्रीले बताएका छन् ।यस्तै बैठकले बैशाख सम्म पानीको महशुल बुझाउन बाँकी रहेका उपभोक्तालाई न्युनतम शुल्क लगाउने निर्णय गरेको छ ।

साथै बैठकले आगामी जेठ १५ गतेसम्म बाँकी रहेको पानीको महशुल बुझाउने उपभोक्तालाई जरिवाना नगर्ने र उक्त समय अवधी भित्र नबुझाएमा समितिको नियमानुसार शुल्क लाग्ने निर्णय गरेको अध्यक्ष खत्रीले बताएका छन् । पानीको महशुल बुझाउन आउदा कोरोनाबाट बच्नका लागी सामाजिक दुरी कायम गर्नुपर्ने र अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने समितिले बताएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते आइतवार
प्रतिक्रिया