सिमाक्षेत्रमा स्वयंसेवक परिचालन

शिवु खनाल

दाङ, जेठ ४ /  दाङको गढवा गाउँपालिकामा २ जनामा कोरोनाको पुष्टि भएसंगै गढवाका स्थानिय युवाहरुले गढवा क्षेत्रमा लकडाउनलाई कडाइ गरेका छन् । युवाहरुले स्वयंमसेवक नै बनाएर गाउँपालिकाको चारैतिरको सिमाक्षेत्रमा परिचालन गरेका छन् । प्रशासनले मात्र गरेर सम्भव हुने नदेखिएपछि त्यस क्षेत्रका युवाहरु आफै तातिएको छन् । साथै त्यस क्षेत्रका सामाजिक अगुवाहरुले लकडाउनलाई प्रभावकारी बनाउनका लागि समिति समेत बनाएका छन् ।

आज शनिवार बिहान गढवा गाउँपालिकाका अध्यक्ष, ईलाका प्रहरी कार्यालय गढवासंग सहकार्य गरेर खाद्यान्न कृषि तथा अत्यावश्यक काममा प्रयोग हुने सवारी साधन बाहेक होटल, ग्रील उद्योग, चिया पसल, कलकारखाना, ईट्टा भट्टा, फर्निचर उद्योग, फेन्सी पसल, हार्डवेयर पसल, क्रसर उधोग, टिप्पर, टेक्टर लगाएतका सबै किसिमका यातायत सवारीसाधन, व्यापार व्यवसाय पूर्णरुपमा अर्को सुचना जारी नहुँदा सम्मको लागि बन्द गरिएको युवा परिचालन समितीका संयोजक बिकाश बुढाथोकीले जानकारी दिनुभयो । लकडाउनका समयमा कोहि कसैले उल्लंघन गरेको पाइएमा कडा कार्वाही गरिने भएको छ ।

कोरोनाको संक्रमित देखिएपछि स्थानीयहरू त्रसित
गढवाका दुई जनामा कोरोना भाइरस भएको पुष्टि भएपछी स्थानीयहरू त्रसित बनेका छन् . गढवा गाउँपालिकासंगै सिमा जोडिएको राजपुर गाउँपालिकाका स्थानीयले हिजै देखि आ–आफ्नो टोल प्रवेश गर्न नदिन गल्लीहरुमा ढुंगा मुढा तेर्साएका छन् ।

नजिकैको छिमेकी गाउँपालिकामा कोरोना भाइरस देखिएकोले उनीहरु पनि सुरक्षित हुनका लागि बाटो बन्द गरेको ईलाका प्रहरी कार्यालय गढ़वाका प्रहरी निरीक्षक भरत सिंह राठौरले बताउनुभयो । राजपुरका स्थानीयले बाटोमा ढुंगा मुढा राखेको खबर पाए पछि शनिवार प्रहरी निरीक्षक राठोर आफै गएर स्थानियहरुलाई सम्झाई बुझाई गरि हटाउन लगाएका हुन् ।।

प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते आइतवार
प्रतिक्रिया