‘आस्थाई पोष्टमै सिमित हुन्छ, सशस्त्र प्रहरीको गस्ती’

शिवु खनाल

दाङ, भौवानाका जेठ ४ / भारतसंग जोडिएका सिमाक्षेत्रबाट बैकल्पिकबाटो प्रयोग गरेर नेपाली र भारतीय नागरिकहरु धमाधम नेपाल भित्रीन थालेपछि दाङका नाकाबासीहरु त्रसित बन्दै गएका छन् । भारतमा कोरोना भाइरसको संक्रमित दिनप्रतिदिन बढ्दैजान थालेपछि र भारतसंग जोडिएका बैकल्पिकबाटोको प्रयोग गरि रातारात नेपाल भित्रीन थालेपछि नाकाबासीहरु त्रसित बन्दै गएको राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाका निवासी श्याम झाँक्रीले बताए ।

उनले भने ,–। ‘बिहिवार मात्रै भारतसंग जोडिएको रनियापुर हुदैँ भारतको सुइया बगौडाबाट एकजना भारतीय नागरिक पैदल नेपाल प्रवेश गरेका थिए । उनि भारतीय नागरिक हुन् । दाङको भौवानाकाबाट उनले विवहा गरेका छन् । भारतबाट आएर आफ्नो श्रीमती र केटाकेटीसंग बसेको गाउँलेहरुबाट थाहा पाएपछि गाउँको आमा समुहको भवनमा उनिहरुलाई राखेका थियौँ । आफ्नो परिवारमा घुलमिल गरेपछि उनि चारजनालाई सशस्त्र प्रहरी र आमा समुहको पहलमा शुक्रवार भारत फिर्ता पठाएका छाँै ।’

‘सिमा सुरक्षा सशस्त्र प्रहरीले दिउँसोको समयमा मात्रै अस्थाई पोष्ट बाहेक चारैतिर गस्ती गर्छन् तर, रातको समयमा अस्थाई पोष्टमा बसेर मात्रै सशस्त्र प्रहरीको गस्ती सिमित हुन्छ, जस्को कारणले गर्दा रातारात बैकल्पिकबाटो प्रयोग गरेर भारतीय नागरिकहरु नेपाल प्रवेश गरेका छन् । राती मुख्य पोष्टमा मात्रै सशस्त्र प्रहरीको गस्ती हुन्छ । नाकामा चारैतिर गस्तीका गतिविधि आवश्यक भन्दा बढाउनुपर्ने देखिन्छ छ ।’
कोरोना भाइरस (कोभिड १९)को संक्रमणले विश्वभरी महामारीको ठूलो रुपमा लिन थालेपछि नेपाल सरकारले चैत्र ११ गतेबाट नेपाल भरीनै लकडाउनको घोषण ग¥यो ।

 

जस पश्चात् दाङका साना ठूला गरी ३४ वटा नाकाहरु पनि पूर्णरुपमा शिल गरिएको थियो तर, भारतसंग जोडिएका सिमाक्षेत्र देखि ५० मिटर वरपर पूर्वपश्चिमका बैकल्पिकबाटो प्रयोग गरेको भारतको विभिन्न ठाउँहरुबाट नेपालीहरु आउने क्रम बढ्दै गएको स्थानिय रोकाको भनाइ छ ।
दिनप्रतिदिन नेपाली नागरिक भारतबाट नेपाल भित्रीन थालेपछि गाउँका स्थानियहरु निकै त्रसित बन्दै गएका छन् । भारतसंग जोडिएका नाकाहरुमा गस्ती बढाउन आवश्यक छ । कोरोना भाइरसलाई निगरानीमा राखेर नाकामा स्थापना गरिएको सिमा सुरक्षा बलले मात्रै हुदैन । नाकामा थप सुरक्षा बल बढाउन आवश्यक छ । यतीले मात्रै पुग्दैन ।

यता दाङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका अध्यक्ष गोविन्दप्रासद रिजालले सिमाक्षेत्रमा गस्ती बढाउने बताए । सिमाक्षेत्र सिल गर्न स्थापना गरिएको अस्थाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टलाई थाइ रुपमा विस्तार गरी सिमाक्षेत्रमा गस्ती बढाउने रिजालको भनाइ छ ।।

प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते आइतवार
प्रतिक्रिया