तुलसीपुर, ४ जेठ
बाँकेको नरैनापुरमा क्वारेन्टाईनमा बसेका एक जनाको मृत्यु भएको छ ।
नरैनापुर गाउँपालिका दिपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका अन्दाजी २४ बर्षीय युवकको आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता शिवबहादुर सिंहले जानकारी दिए ।
‘बमिट गर्दै बाहिर निस्केर डढेलेको करिब डेढ दुई घन्टाजति भयो,’ प्रनाउ सिंहले भने –‘कुनै हलचल नगरेकाले मृत्यु भएको आसंका हामीले गरेका छौ । हाम्रो प्रहरीले पनि घेरा हालेर सुरक्षा दिइरहको छ ।’ नेपालगंजबाट थप स्वास्थ्यकर्मीको टोली त्यसतर्फ गएको छ ।
उनलाई वाकवाकी भएको क्वारेन्टाइनमा बसेका अन्यले स्थानीयलाई जानकारी दिएका छन् । नरैनापुर ५ नयाँ बस्तीका युवा बैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा राखिएको थियो । मृतक युवाको मेडिकल रिपोर्ट आएपछि मात्रै मृत्युको कारण बताउन सकिने प्रनाउ सिंहले बताएका छन् ।