बेलझुण्डीमा भर्ना हुने कोरोना संक्रमितको संख्या १६ पुग्यो

तुलसीपुर, ४ जेठ

दाङको तुलसीपुर स्थित बेलझुण्डीमा रहेको कोरानो विषेश अस्पतालमा भर्ना हुने कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

हिजो कपिलवस्तुबाट थप तीन जना आएपछि भर्ना हुनेको संख्या १६ पुगेको कोरोना विषेश अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिए ।

यस अघि बाँकेको नरैनापुरबाट ८ जना, दाङको गढवाबाट २ जना कपिलवस्तुबाट ३ जना सहति १३ जना भर्ना भएका थिए । यद्यपी सबै संक्रमितका अवस्था सामान्य छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते आइतवार
प्रतिक्रिया