काठमान्डौ, ३ जेठ
नेपालमा पहिलो पटक कोरोना भाइरसबाट एक एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले पहिलो पटक नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको औपचारिक पुष्टि गरेको हो ।
सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी ती महिलामा श्वास्प्रश्वासमा समस्या भएपछि धुलिखेलमा थप उपचारका लागि आउँदै गर्दा बाटोमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो ।
प्रकाशित मिति : २०७७ जेष्ठ ३ गते शनिवार