गुहँ किन्न गएका पुरुष मृत भेटिए

तुलसीपुर, ३ जेठ

रुकुममा गहुँ किन्न गएका एक व्यक्ति मृत अवस्थाम भेटिएका छन् ।

मृत्यु हुनेमा बाँफिकोट गाँउपालिका वडा नं. ९ झुला बस्ने बर्ष ४६ का सार्की गिरी रहेको जील्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

आफन्तको घरमा गहुँ किन्न गएका गिरी साँझसम्म घरमा नआएपछि खोजतलास गर्नेक्रममा तार्सीबाङ मनघर भन्ने स्थानमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

घटनाको प्रकृति हेर्दा मृतक भिरबाट लडेर मृत्यु भएको प्रहरीले आसंका गरेको छ । यद्यपी घटनाको थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३ गते शनिवार
प्रतिक्रिया