दाङका संक्रमित भारतकाे मुम्बई र गाेरखपुरबाट आएका थिए

 शिवु खनाल

दाङ,  ३ जेठ / दाङमा कोरोना संक्रमणको पुष्टि भएका व्यक्ति गढवा उद्योग बाणिज्य संघको एम्बुलेन्स चढेर दाङ आएको र अहहले उपचारको लागि काेराेना विशेष अस्पताल बेलझुण्डी भर्ना गरिएको छ ।

तीन दिन अघि कृष्णनगरको एक विद्यालयको क्वारेन्टाइनमा बसेका उनिहरुलाइ गढवा गाउँपालिका वडा नम्बर ३ को सिफारिसको आधारमा गढवा ल्याइएको गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल जचार्यले बताउनुभयाे । `दुई जना लिन जाने भनेर सिफारिस बन्याे । लिन गएको बेलामा पाँच जना प्रहरीले चढाए ।

१ जना कालाकाटे सशस्त्र प्रहरीको क्याम्पमा झरे। अरु चार जना सबै गढवा क्वारेन्टाइनमा आए´उहाले बताउनुभयाे-`अहिले परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको थाहा भयो ।´

भारतको मुम्बई र गोरखपुरबाट काम गरेर फर्किएका ती युवक कृष्णनगरको क्वारेन्टाइनमा बसेका थिए । त्यहाँ कोरोना परिक्षण नगरेर उनिहरु गढवा क्वारेन्टाइनमा आएका थिए ।

तीन दिन अघि एम्बुलेन्स मार्फत उनिहरु यहाँ आएका थिए । बिहीबार लमही ल्याएर उनिहरुको स्वाव संकलन गरेर प्रतिष्ठानमा लगिएको थियो। प्रतिष्ठानमा पोजेटिभ देखिएपछि थप परिक्षणका लागि नेपालगन्ज लगिएको थियो। दाङको गढवामा २ र तुलसीपुरमा एक गरि तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।।

प्रकाशित मिति : २०७७ जेष्ठ ३ गते शनिवार
प्रतिक्रिया