प्रहरीको स्कटीङमा बाँकेबाट छुट्यो कोरोना संक्रमित बोकेको गाडी

तुलसीपुर, २ जेठ

बाँकेबाट ८ जना संक्रमितलाई दाङको बेलझुण्डी स्थित कोरोना विशेष अस्पतालमा ल्याउन लागिएको छ ।

नरैनापुरबाट ८ जना कोरोना भाइरस संक्रमितलाई दाङ ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्ष तथा प्रवक्ता शिवबहादुर सिंहले जानकारी दिए ।

कोरोना संक्रमितलाई प्रहरीको स्कटीङ गरेर बेलझुण्डीमा ल्याउन लागिएको छ । ‘ नेपालगंज भन्दा उता नजिक पर्ने रहेछ ,’ प्रवक्ता सिंहले भने –‘ यहाँबाट साढे चार बजे स्कटीङ सहित बिरामीलाई पठाइएको छ ।’

बिरामी आउने भएपछि बेलझुण्डी अस्पतालमा चिकित्सकहरु तयारी अवस्थामा बसेका छन् ।

 

प्रकाशित मिति : २०७७ जेष्ठ २ गते शुक्रवार
प्रतिक्रिया