लकडाउनलाई थप कडा बनाउन गृहको निर्देशन

काठमाडौ, १ जेठ ।

जारी लकडाउनलाई सरकारले अझै कडाइ गरेको छ । लकडाउनलाई कडा बनाउन गृह मन्त्रालयले सबै जिल्ला प्रशासनलाई निर्देशन दिइसकेको छ । यसअघि जारी गरेका सबै पासहरूलाई गृहमन्त्रालयले विहिवारदेखि लागु हुनेगरि रद्ध गरेको छ ।

एउटा जिल्लाबाट अर्को जिल्लामा जानका लागि दिइएका पासहरू विहिवार देखि खारेज भएको मन्त्रालयले जनाएको छ,र मन्त्रालयका अनुसार अब नयाँ तरिकाले पास लिनुपर्नेछ । अब गृहको निर्णयबिना एउटा जिल्लाबाट अर्को जिल्लामा जान पाइदैन । बिरामी भएका व्यक्ति र मृत्यु संस्कारमा जाने बाहेकका काममा एउटा जिल्लाबाट अर्को जिल्ला जान नपाइने व्यवस्था सरकारले गरेको हो ।
काठमाडौं उपत्यकाभित्र भने अन्तरजिल्ला लागू नहुने गृहले जनाएको छ । सरकारको नयाँ निर्णयसँग मानिस र सवारीसाधनको चहलपहल घटेको छ । सरकारले उद्योगधन्दा र केही कार्यालयहरू खोल्ने निर्णय गरेसँगै सडकमा चहलपहल बढेको थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ १ गते बिहिवार
प्रतिक्रिया