जिपको ठक्करबाट पश्चिम दाङमा बालक गम्भिर घाइते

बालकृष्ण पाण्डे

हापुरे, ३१ बैशाख । पश्चिम दाङमा जिपले ठक्कर दिदा एक बालक गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेमा बबई गाउँपालिका–६ खिलतपुर निबासी भुपेन्द्र वलीका ४ बर्षका छोरा सचिन वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बालकलाई हापुरेबाट तुलसीपुर तर्फ आउँदै गरेको लु१ज ३५३९ नम्बरको जिपले खिलतपुरमा ठक्कर दिएको थियो ।

गम्भिर घाइते बालकको सिटी हस्पिटल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । ठक्कर दिने चालक र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ३१ गते बुधवार
प्रतिक्रिया