तुलसीपुर १३ को एक सामुदायिक बनमा आगलागी

फाईल फोटो

तुलसीपुर, ३१ बैशाख ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ मा रहेको एक सामुदायिक बनमा बुधवार विहान आगलागी भएको छ । सिद्धबाबा लेरुवा पहाड सामुदायिक बनमा बुधवार विहान ९ बजेदेखी लागेको आगो दिउँसो दुई बजे नियन्त्रणमा लिईएको जनकल्याण सामुदायिक बन समुहका कार्यबाहक अध्यक्ष गोविन्द सुवेदीले जानकारी दिएका छन् ।

बन एक्कासी आगो लागेपछि सव डिभिजन विजौरीका सहायक बन अधिकृत कमल प्रसाद पुनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, बन समुहका पदाधिकारी र स्थानियको सक्रियतामा नियन्त्रणमा लिईएको हो । झन्डै १ सय ५ हेक्टर बन क्षेत्रफलमा आगलागी हुदा साल,सिसौ ,खयर जस्ता विभिन्न प्रजातीका रुख विरुवा र जडिबुटिहरु जलेर नष्ट भएको बताईएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ३१ गते बुधवार
प्रतिक्रिया