दलित सेवा संघद्धारा २० हजार सहयोग

तुलसीपुर, ३१ बैशाख

गरिखाने वर्गका लागि दलित सेवा संघ दाङले दाङका दुई स्थानीय तहलाई २० हजार आर्थिक सहयोग गरेको छ ।

जिल्लाका तुलसीपुर उपमहागनरपालिका र बबई गाउँपालिकामा पुगेर विपत व्यवस्थापन राहत कोषमा १०/१० हजार रुपैयाँ आर्थिका सहयोग गरेको दलित सेवा संघका कार्यक्रम संयोजक छवि परियारले जानकारी दिएका छन् ।

उक्त रकम तुलसीपुर उपमहानगरपाकिाका प्रमुख प्रशासकिय अधिकृत कृष्णकान्त उपाध्याय र बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलाई संघका कार्यबाहक अध्यक्ष लिला बिकले हस्तान्तरण गरेका हुन् । लकडाउनका कारण विशेष गरेर समस्यामा परेका गरिखाने वर्गका लागि उक्त रकम सहयोग गरेको संघले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७७ बैशाख ३१ गते बुधवार
प्रतिक्रिया