मट्टीतेल पिउँदा तुलसीपुरमा बालिका बेहोस

तुलसीपुर, ३१ बैशाख

मट्टीतेल पिउँदा तुलसीपुरमा एक बालिका गम्भिर बिरामी परेकी छन् ।

तुलसीपुर उपमहागनरपालिका–३ दमारगाउँ निबासी विशाल कँवरकी डेढ बर्षकी छोरी भेष्मा कँवरले कटौरामा राखेको मट्टीतेल पिउँदा बेहोस भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

बालिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए । बालिकाले दिउँसो २ बजे मट्टीतेल पिएकी थिइन् ।

प्रकाशित मिति : २०७७ बैशाख ३१ गते बुधवार
प्रतिक्रिया