लिपुलेक अतिक्रमणका विरुद्ध तुलसीपुरमा प्रर्दशन

सुशील बस्नेत

तुलसीपुर, ३० बैशाख /  लिपुलेक अतिक्रमणको विषयलाई लिएर मानव अधिकार तथा शान्ति समाजले दाङमा शान्तिपूर्ण प्रर्दशन गरेको छ ।शान्ति समाजले कालापानीमा तैनाथ भारतीय सेना फिर्ता गर्न माग गर्दै मंगलबार बिहान साँढे ७ बजेदेखि ८ बजेसम्म तुलसीपुरमा शान्तिपूर्ण प्रर्दशन गरेको हो ।

शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेतले नेपाली भू–भागमाथिको भारतीय अतिक्रमणलाई रोक्न र नेपाली भूमि कालापानीमा तैनाथ भारतीय सेनालाई फिर्ता पठाउन शान्तिपूर्ण तवरमा कूटनीतिक र राजनीतिक पहल तीव्र बनाउन नेपाल सरकारलाई आग्रह गरे ।
भारतले नेपाली भूमि समेटेर राजनीतिक नक्सा सार्वजनिक गरेलगत्तै कूटनीतिक पहलमार्फत त्यसलाई सच्याउन सरकारसमक्ष आग्रह गरे पनि त्यसतर्फ चासो नदिइएको भन्दै समाजका महासचिब बस्नेतले असन्तुष्टि जनाए ।

शान्ति समाज दाङ शाखाको आयोजनमा गरिएको शान्तिपूर्ण प्रर्दशन कार्यक्रममा शान्ति समाजका पूर्ब केन्द्रिय उपसभापति मोहन धितालले नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विषय देशब्यापी रुपमा बिरोध कार्यक्रमलाई ब्यापक बनाउनुपर्ने बताए ।

सो अवसरमा शान्ति समाजका पूर्ब केन्द्रिय सदस्य निर्मल नेपाली , मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका उपसभापति तुलसीराम सुनार, शाखा सहसचिब उषा गौतम, शाखा सदस्य भीमलाल मरासिनी, पत्रकारहरु गोपाल शर्मा भट्टराई ,बिमल गौतम, गोपालप्रसाद उपाध्याय लगाएतले बोलेका थिए ।

कार्यक्रम शान्ति समाज दाङ शाखा सभापति शरद रेग्मीको सभापतित्वमा भएको थियो भने कार्यक्रमको सहजी करण सचिव निर्मला योगीले गरेकि थिइन् ।

 

प्रकाशित मिति : २०७७ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया