बाँके, रुपन्देहीलगायत जोखिमयुक्त जिल्लामा उच्च सतर्कता

बुटवल, वैशाख ३० ।

दिनदिनै कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि कपिलवस्तु जिल्लालाई सिल गर्ने निर्णय भएको छ । जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।  जिल्ला प्रशासन कार्यलयका तर्फबाट प्रजिअ पौडेलले जारी गरेको सूचनाअनुसार यो निर्णय आज २९ गते साँझ ५ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्म लागू हुनेछ ।

सङ्क्रमित सबैलाई थप उपचारका लागि बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याइएको छ ।  नेपालगञ्जमा कोरोना सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङको कार्य सम्पन्न भएपछि समुदाय स्तरमा पनि परीक्षण सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार सोमबार दिउँसोसम्म ९७१ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन भएको छ । त्यसमध्ये ३०२ जनाको पीसीआर जाँचको नतिजा आउन बाँकी रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठले सङ्क्रमित व्यक्तिको कन्ट्याक्ट टे«सिङको कार्य सकिएको जानकारी दिनुभयो । यसैबीच नेपालगञ्जमा कोरोना सङ्क्रमित देखिएका सबै २४ जनाको बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया