गायक हिमाल सागर अमेरिकामा अलपत्र

नरेन्द्र बस्नेत

लन्डन । सांगितिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक हिमाल सागर कोरोनाभाइरस (कोभिड १९ ) को महामारीका कारण विगत ७० दिनदेखि अमेरिकामै अलपत्र परेका छन् ।

लगभग २० दिनका लागि समय छुट्टयाएर पाँचौं पटक अमेरिका पुगेका गायक हिमाल सागर कहिले नेपाल फर्किन पाउने हुन् अझै निश्चित छैन ।

उनी भन्छन् ‘ कैदीको जस्तो जीवन भएको छ, न सथीभाइहरुसँग भेटघाट तथा रमाइलो नै गर्न पाइन्छ, न घुमफिर तथा सपिङ गर्न जान पाइन्छ, सबैतिर बन्दाबन्दी छ, कतिन्जेल यो अवस्था रहने हो थाहा छैन ।‘

प्रकाशित मिति : २०७७ बैशाख २९ गते सोमवार
प्रतिक्रिया