उदयपुरमा सवैभन्दा धेरै कोरोना संक्रमितको संख्या ३२ पुग्यो

काठमाडौ, २९ बैशाख ।

विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाईरस सङ्क्रमण नेपालमा पनि बढ्दै गएको छ । सोमवार मात्रै ११ जना कोरोना भाईरस संक्रमित फेला परेका छन् । कपिलवस्तुमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने सप्तरीमा एक जना संक्रमित भेटिएका छन् ।

देशभर हालसम्म संक्रमित हुनेको संख्या सवैभन्दा धेरै उदयपुर रहेको छ । उदयपुरमा ३२, पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा १५, काठमाडौँमा ५, कैलालीमा ४, रौतहटमा ३ तथा बागलुङ, बारा, चितवन र झापामा दुई–दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार भोजपुर, सर्लाही, सप्तरी, रुपन्देही र कञ्चनपुरमा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये हाल सम्म ३३ जना निको भएर घर फर्किसकेका छन् । तर नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुईजनामा पीसीआर परीक्षणमा कोरोना देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा भर्ना गरिएको छ ।काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षकापुरुषको पनि पीसीआर रिपोर्टमा कोरोना देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुनः अस्पताल भर्ना गरिएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २९ गते सोमवार
प्रतिक्रिया