वडाध्यक्षले ज्ञापनपत्र नबुझेपछि गापा अध्यक्षले बुझे

तुलसीपुर, २९ बैशाख

गरिखाने बर्गलाई राहत उपलब्ध गराउन माग गर्दै नेपाल कम्युनष्टि पार्टी शान्तिनगर वडा कमिटीले गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ । शान्तिनगर गाउँपालिका–३ का वडाध्यक्ष वुद्धिराम तिवारीले ज्ञापन पत्र बुझन नमानेपछि गाउँपालिका अध्यक्ष कमानसिङ डाँगीलाई

बुझाएको नेकपा वडाकमिटी अध्यक्ष बीरबहाुदर विश्वकर्माले जानकारी दिए ।
ज्ञापन पत्र बुझाउन वडा कार्यालयमा पुगेको टोलीलाई वडाध्यक्ष तिवारीले बुझदैन भन्दै फर्काई दिएपछि गाउँपालिका अध्यक्ष डाँगीलाई बुझाएको वडा कमिटीका अध्यक्ष विश्वकर्माले बताए ।

आस्थाका आधारमा राहत वितरण गरिएका कारण वास्तविक गरिखाने बर्गले राहत नपाएको भन्दै वडा कमिटीले ६५ जनाको लगत संकलन गरेर गाउँपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

 

प्रकाशित मिति : २०७७ बैशाख २९ गते सोमवार
प्रतिक्रिया