रुकुम पश्चिममा दुई गाँउले विच झडप हुदा सात जना घाईते

दाङ, २८ बैशाख ।

रुकुम पश्चिममा स्थानियहरु विच झडप हुदा ७ जना घाईते भएका छन । जसमा तिन जनाको अवस्था गम्भिर भएको प्रहरीले जनाएको छ ।जिल्लाको आठसिकोट नगरपालिका वडा नम्बर ३ स्यालाखदीमा दुई गाँउको विच झडप भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

बर्षौ देखीको पानीको मुहानको विषयमा दुई गाउले विच झडप भएको हो । झडपमा परी सोही वडाका गोपाल बोहरा, गणेश बोहरा र मदन भण्डारी गम्भीर घाईते भएका छन् । उनीहरुको थप उपचारका लागी सुर्खेत पठाईएको प्रहरीले बताएको छ ।अरु ४ जनाको अवस्था भने सामन्य रहेको छ । पानीको मुहान प्रयोग गर्ने विषयमा सोहि ठाउँका माथिल्नो गाउँ र तल्नो गाउँका स्थानिय विच शनिवार दिउँसो विवाद भएको थियो । विवाद पछि दुई गाउँले विच झडप भएको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष केशरमान विकको नेतृत्वमा माथिल्नो गाउँका स्थानियको कुटपिटबाट उनीहरु घाईते भएको जनाईएको छ । अहिले उक्त क्षेत्रमा प्रहरी खटाईएको र स्थिति सामान्य रहेको जनाईएको छ । घटनामा संलग्न भएका व्यक्तिहरु भने फरार रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २८ गते आइतवार
प्रतिक्रिया