दाङमा ३८ जनाको रिपोर्ट नेगेटिभ

शिवु खनाल

दाङ, बैशाख २६ /  दाङमा ३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना अस्पताल बेलझुण्डि, राप्ती गाउपालीका र लमहि क्वारेन्टाइनबाट संकलित जम्मा ३८ जनाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पिसिआर परिक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ रहेको प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाश प्रसाद देबले जानकारी दिए ।

हालसम्म प्रतिष्ठानको पिसिआर बिधिबाट ९७ जनाको परिक्षण भइ सबैको रिपोर्ट नेगेटिभ आएको छ ।।

प्रकाशित मिति : २०७७ बैशाख २६ गते शुक्रवार
प्रतिक्रिया