रोटरी क्लबद्धारा दाङका तीन वटा गाउपालिकालाई स्वास्थ्य सामग्री सहयोग

तुलसीपुर, २६ बैशाख ।

रोटरी क्लब अफ तुलसीपुर सिटिले दाङका तीन वटा गाउँपालिका स्वास्थ्य शाखालाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ । विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाईरस ( कोभिड १९) को उच्च जोखिमका बाबजुद पनि फिल्डमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षालाई मध्येनजर गर्दै उक्त सामग्री सहयोग गरेको हो ।

एक कार्यक्रमको आयोजना गरी क्लबका अध्यक्ष देब बहादुर केसीले बबई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरी खड्का, दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी र शान्तीनगर गाउँपालिकाका कार्यकारी प्रमुख नर बहादुर विश्वकर्मालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । क्लवले प्रत्येक पालिकालाई उच्च गुणस्तरयुक्त पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट (पिपिई) २ थान, सेनिटाइजर ६० थान, माक्स ५० थान र साबुन १ सय ४४ थान सहयोग गरिएको क्लबका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले जानकारी दिए ।

सुरक्षा सामाग्री ग्रहण गर्दै तीन वटै पालिकाका प्रतिनिधिहरुले स्थानीय निकायलाई विभिन्न संघ संस्थाहरुले सबै तहबाट सहयोग गरेकाले आफुहरुलाई काम गर्न धेरै सहज भएको भन्दै सहयोग गर्ने क्लव प्रति आभार प्रकट गरेका छन् । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष बिमल रिजालले महामारीको रुपमा फैलिएको कोरोना रोकथाम गर्नका लागि सामाजिक संघ संस्थाहरु पनि जिम्मेवार भएर लाग्नुपर्छ भन्ने उदेश्यका साथ स्थानिय सरकारलाई सहयोग स्वरुप स्वास्थ्य सामाग्री उपलब्ध गराउने रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल(भुटान र रोटरी क्लब अफ धुलिखेललाई धन्यवाद ज्ञापन गरेका छन् । सो अवसरमा क्लबका पूर्व अध्यक्ष बिजय केसी, वीर बहादुर रावत, उपाध्यक्ष बिनिल केसी लगाएको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ बैशाख २६ गते शुक्रवार
प्रतिक्रिया