दाङमा कोरोना परिक्षणका लागी १४ जनाको स्वाव संकलन

दाङ, २५ बैशाख ।
दाङमा कोरोना भाईरस आसंका गरिएका १४ जनाको स्वाव संकलन गरी परिक्षणका लागी राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा पठाईएको छ ।कोभिड १९ दाङका फोकल पर्सन कमल चन्दका अनुसार कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना भएका १४ जनाको विहिवार स्वाव संकलन गरी परिक्षणका लागी घोराही पठाईएको हो ।

उनका अनुसार अहिले बेलझुण्डी आईसोलेशनमा मात्रै भर्ना भएका छन् । प्रतिष्ठानको आईसोलेशन भने खाली छ ।
यस्तै जिल्लाभर रहेका क्वारेन्टाईनमा बस्नेको संख्या ८३ रहेको छ । बुधवार ३० जनाको गरिएको परिक्षणमा सवैको रिर्पोट नेगेटिभ आएको थियो । हाल सम्म दाङमा १ सय ९७ जनाको आरडिटि विधिबाट परिक्षण गरिएको छ । जसमा कसैमा पनि कोरोना भाईरस नभएको पाईएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २५ गते बिहिवार
प्रतिक्रिया