भीरमाहुरीले टोक्दा तुलसीपुरमा ३ बालबालिका बिरामी

तुलसीपुर, २५ बैशाख

भीरमाहुरीको टोकाईबाट तुलसीपुरमा ३ जना बालबालिका बिरामी परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१८ अकासी निबासी ९ बर्षका शमिर वली, ८ बर्षकी निर्लजा खड्का र १५ बर्षका रबिन खड्कालाई डूरखेतमा बाख्रा चराउन गएको समयमा भीरमाहुरीले टोकेको स्थानीय छविलाल वलीले जानकारी दिए ।

भीरमाहुरीको टोकाईबाट बिरामी परेका बालबालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए ।

भीरमाहुरीले कयौं स्थानीयहरुलाई पनि टोकेको छ । माहुरीले बालबालिकालाइ   दिउसाे   ढाई बजे टोकेपनि लकडाउनका कारण ढिलो गरि अस्पताल आईपुगेको सूचना अधिकारी केसीले बताए ।

प्रकाशित मिति : २०७७ बैशाख २५ गते बिहिवार
प्रतिक्रिया