रुखको हाँगाले लागेर बाँकेमा बालिकाको मृत्यु

नेपालगञ्ज २४ बैशाख

रुखको हाँगाले लागेर बाँकेमा एक बालिकाकोज्यान गएको छ । ज्यान जानेमा जानकी गाउँपालिका वडा नं. ६ बुढिया गाउँ निबासी १० बर्षीया निजामुन खाँ रहेको प्रहरीले बताएको छ ।

बिहीवार बिहान आएको हावाहुरीका कारण घरको आँगनमा दिसा गरिरहेको अवस्थामा आँपको रुखको हाँगा भाँचिएर लाग्दा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाँगा लागेर घाइते भएकी निजामुनलाई उपचारका लागि भेरी अस्पताल ल्याइएपनि उनको बिहान दश बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २५ गते बिहिवार
प्रतिक्रिया