शक्तिको आडमा अवैध बालुवा डम्पिङ्

दाङ, बैशाख २४

दाङको देउखुरीमा वडाध्यक्षका छोराले शक्तिको आडमा अबैध रुवमा नदीजन्य पदार्थ उत्खनन गरि डम्पिङ गरेको पाईएको छ ।

दाङको लमही नगरपालिका वडा नबर ८ का वडाध्यक्ष मेघनारायण चौधरीका छोरा खगेन्द्र चौधरीले अनाधिकृत रुपमा वडा नम्बर ८ अन्तर्गत पर्ने राप्तीनदीको क्षेत्रबाट उत्खनन गरि ३ सय ९७  घनमिटर बालुवा डम्पिङ गरिएको पाइएको हो ।

चौधरीले राप्ती नदिबाट बालुवा उत्खनन गरेर कालिपुरवा घाट, पूर्वपश्चिम राजमार्ग देखि दक्षिण र झिलिमिली टोल गरि तीन स्थानमा डम्पिङ गरेका छन् ।

त्यस्तै वडा नम्बर ८ कै गोपाल चौधरीले १ सय ४१। ५, सुन्दर चौधरीले ६ सय ८०।७९, विकास चौधरीले ३ सय ९७।३६ र भगतनारायण चौधरीले२सय ९५।३७ घनमिटर राप्ती नदिबाट अबैध तरिकाले बालुवा उत्खनन गरेर डम्पिङ गरेका छन् । सुन्दर चौधरीले १ सय ७। २ अबैध ग्रेभेल समेत डम्पिङ गरेको पाईएको छ ।

स्थानीय पालिकासंग कुनै समन्वय र अनुमती नलिएर उत्खनन् र डम्पिङ गरिएकोले यो बालुवा अबैध नै हो, जिल्ला समन्वय समिती दाङका उपप्रमुख श्रीधर पौडेलले भने ।

गतबर्षको राजश्व नतिर्नेमा लमही नगरपालिका वडा नम्बर ७ मा रहेको बगार बाबा बालुवा प्रशोधन कम्पनी र वडा नम्बर ९ अमिलिया स्थित जय बागेश्वरी बालुवा प्रशोधन केन्द्र रहेको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए ।

आफुखसी नदिजन्य पदार्थ डम्पिङ गरेर राखेकालाई तुरुन्त नगरपालिकामा गएर राजश्व तिर्न सुझाव दिदै, यदि राज्यलाई कर छल्न खोजे कानुन बोमजिम कडा भन्दा कडा कारबाही गरिने नगरपालिकाका उप–प्रमुख देबका बेल्बासेले बताइन ।

प्रकाशित मिति : २०७७ बैशाख २४ गते बुधवार
प्रतिक्रिया