लकडाउन थप्ने सरकारको तयारी

काठमान्डौ , २४ बैशाख

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनलाई लम्बयाउने तयारी गरेको छ । कोभिड–१९ को उच्च जोखिम नघटेपछि सरकारले यथास्थितिमै लकडाउन थप्ने तयारी गरेको हो ।

लकडाउनको डेढ महिना अवधि बित्दा संक्रमितको संख्या झनै बढ्न थालेपछि लकडाउन खुकुलो बनाउन नहुने निष्कर्षमा सरकार पुगेको हो । चैत ११ मा लकडाउन सुरु हुँदा नेपालमा दुई जना मात्र संक्रमित रहेकामा अहिले ८२ जना पुगिसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित मंगलबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लकडाउन खुकुलो पार्दा झन् जोखिम हुन सक्ने निष्कर्ष निकाल्दै अहिलेकै मोडालिटीमा लकडाउन लम्ब्याउने निर्णय गरेको समिति सदस्य एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ बैशाख २४ गते बुधवार
प्रतिक्रिया