प्रवासी संघले अलपत्र परेकालाई दियो राहत

भारत, २३ बैशाख

प्रवासी नेपाली संघ भारत पुना नगर समितिले १० घरपरिवारलाई खाद्यन्न सहयोग गरेको छ ।

सुर्खेतको पंचपुरी नगरपालिका घर भई हाल भारतको पुने जिल्लाको विश्रान्तवाडी एरियामा अलपत्र परेका उनिहरुलाई खाद्यन्न सहयोग गरेको प्रवासी संघले जानकारी दिएको छ ।

कोरोनाको संक्रमणबाट बच्न गरिएको लकडाउनका कारण अलपत्र परेका उनीहरुलाई प्रवासी नेपाली संघका अध्यक्ष झप्पर कडाराको नेतृत्वमा उक्त सहयोग उपलब्ध गराइएको त्रिलोचन देवकोटाले जानकारी दिएका छन् ।

समितिका खेलकुद विभाग प्रमुख प्रमोद शाहीले नरेश तिखातरीाई हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : २०७७ बैशाख २३ गते मङ्गलवार
प्रतिक्रिया