तुलसीपुरमा किराना सामानको मुल्यसुची निर्धारण

तुलसीपुर, २३ बैशाख ।

तुलसीपुर क्षेत्रमा किराना सामानहरुको मुल्यसुची निर्धारण गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघ अन्र्तगत गठित किराना व्यवसायी उपसमितिले किराना सामानको मुल्यसुची कायम गरेको जनाएको छ । उपसमितिका संयोजक बसन्त कुमार खड्गीको अध्यक्षतामा मंगलवार तुलसीपुरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

साथै बैठकले म्याद नाघेका सामानहरु पसलमा नराख्न र मुल्यसुची उपभोक्ताले देख्ने गरी राखन अनुरोध गरेको छ । यस्तैगरी पसलको बरण्डा भनदा बाहिर सामान नराख्न र कोरोना भाईरस संक्रमणको जोखिम बढेकाले सामाजिक दुरी कायम गरी विक्रि गर्न अनुरोध गर्ने निर्णय गरेको उपसमितिले जनाएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २३ गते मङ्गलवार
प्रतिक्रिया