चटयाङ लागेर सल्यानमा बालिकाको मृत्यु , ४ जना घाइते

 

तुलसीपुर, २३ बैशाख

सल्यानमा चटयाङ लागेर  एक बालिकाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।

कुमाख गाउँपालिका–३ चिनाली निबासी अतिराम रानाको घरमा चटयाङ पर्दा उनकी ६ बर्षकी छोरी हिमाली रानाको मृत्यु भएको हो ।

त्यसैगरी घटनामा परि अतिरामकी श्रीमति दिपा राना, छोरा ८ बर्षका यमराज राना, भाइ टेकबहादुर राना र भतिजा रणसिङ राना घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए ।

घाइते मध्य दिपा र यमराज उपचारपछि घर फर्किएको प्रनि जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ बैशाख २३ गते मङ्गलवार
प्रतिक्रिया