विषाक्त मदिरा सेवन गरी महोत्तरीमा चारको मृत्यु

महोत्तरी, २२ बैशाख ।

महोत्तरीमा मृत्यु भएको भनिएका १२ मध्ये चार जनाको पोस्टमार्टम गर्दा विषाक्त मदिरा सेवनकै कारण मृत्यु भएको पुष्टि भएको छ । आइतबार अबेर आएको पोस्टमार्टम रिपोर्टमा अत्यधिक मदिार सेवनले नै उनीहरूको मृत्यु भएको दाबी गरिएको छ । विषाक्त रक्सी सेवनले मृत्यु भएका सुकदेव रामका छोरा र श्रीमती बाँकी आठको प्रहरीलाई खबरै नगरी दाहसंस्कार गरिएकाले चार जनाको मात्रै पोस्टमार्टम गरिएको हो ।

प्रदेश २ का प्रहरी प्रमुख डीआइजी धीरजप्रताप सिंहका अनुसार पोस्टमार्टम गरिएका सबैको मृत्यु रक्सीले नै भएको रिपोर्ट आएको छ । उनले रक्सी विषाक्त रहेरनरहेको यकिन गर्न नमुना प्रयोगशालामा पठाइएको बताए ।जोडिएका दुई बस्तीमा ११ दिनयता १२ जनाको मृत्यु भएपछि तथ्य पत्ता लगाउन चिकित्सकको तीन टोली खटाइएका छन् । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र महोत्तरी जनस्वास्थ्यका कार्यालयका छुट्टाछुट्टै टोली खटिएका हुन ।

प्रकाशित मिति : २०७७ बैशाख २२ गते सोमवार
प्रतिक्रिया