दाङमा १० जनाको रिर्पोट नेगेटिभ

तुलसीपुर, २२ बैशाख ।

दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतामा भर्ना भएको १० जनाको रिर्पोट नेगेटिभ आएको छ । कोरोना भाईरस संक्रमणको आसंका गरिएको उनीहरुको स्वाव संकलन गरी परिक्षणका लागी राप्ती स्वास्थ्य प्रतिष्ठान घोराही पठाईएको थियो ।

सोमवार उनीहरु सवैको रिर्पोट नेगेटिभ आएको अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिएका छन् ।उनीहरुलाई सोमवार बेलुका सम्म घर पठाउने तयारी भईरहेको छ । यस्तै उता घोराही प्रतिष्ठानमा रहेको आईसोलेशन अहिले खाली रहेको छ ।

प्रतिष्ठानका कोभिड १९ फोकल पर्सन डाक्टर सागर पन्थीले जानकारी दिएका छन् ।उनका अनुसार क्वारेन्टाईनमा भर्ना भएका ५ जनाको आरडीटी परिक्षणका लागी स्वाव संकलन गर्ने तयारी भईरहेको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २२ गते सोमवार
प्रतिक्रिया