भत्ता लिनेहरुको बैंकमा भिड,सामाजिक दुरी कायम भएन

लक्ष्मण विश्वकर्मा.

तुलसीपुर, २२ बैशाख ।

तुलसीपुरका बैंकहरुमा बृद्धाभत्ता लिने जेष्ठ नागरिकहरुको भिडभाड हुने गरेको छ ।बैंकबाट सामाजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरिकहरुको अत्यधिक भिडभाड हुने गरेको पाईएको छ ।भत्ता लिनका लागी जेष्ठ नागरिकहरु बैंकमा घण्टौ समय लाईनमा बस्न बाध्य छन् ।तुलसीपुर ११ बस्ने जेष्ठ नागरिक भक्त बहादुर बस्नेत भत्ता लिनका लागी ज्योति विकास बैंक शाखा कार्यालय तुलसीपुरमा विहान १० बजे आएर आईनमा बसे ।

उनले घण्टौ समय लाईनमा बसेर दिउँसो १ बजेपछि पैसा निकाल्न पाएको बताउँछन् । धेरै लामो समय लाईनमा बस्नु परेको उनको भनाई छ । उनी जस्तै अन्य जेष्ठ नागरिकहरु पनि घण्टौ समयमा लाईनमा बस्न बाध्य छन् ।उनीहरु भिडभाड गरेको लाईनमा बसेको दृश्य देख्न पाईन्छ । यस्तै कृषि विकास बैंक शाखा कार्यालय तुलसीपुरमा पनि भत्ता लिने सेवाग्राहीको बाक्लो भिड हुने गरेको छ ।

उक्त बैंकमा भत्ता लिन पुगेकी जेष्ठ नागरिक रेवती सुनारले आफु लामो समय सम्म बैंकमा लाईन बस्नु परेको बताईन् । यसरी लामो समय सम्म लाईनमा बस्दा निकै समस्या हुने गरेको उनको भनाई छ ।आईतवार पनि तुलसीपुरका विभिन्न बैंकहरुमा जेष्ठ नागरिकहरुको भिडभाड थियो भने सोमवार कृषि विकास बैंक ,ज्योति विकास बैंक र कर्णाली विकास बैंक लगाएतका बैंकहरुमा भिडभाड भएको थियो ।

सरकारले लकडाउन गरेको अवस्थामा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ । यदी अत्यावश्यक काम परेमा सामाजिक दुरी कायम गरेर कामकाज गर्न भनेको छ । तर जेष्ठ नागरिकहरु भने बैंकमा कोचाकोच गरेर लाईनमा बसेको पाईन्छ ।
उनीहरु अव्यवस्थित रुपमा लाईनमा बस्न बाध्य छन् । यस प्रति व्यवस्थापनमा सम्वन्धित बैंकका कर्मचारीहरुको समेत ध्यान पुग्न सकेको छैन भने स्थानिय सरकारले ध्यान दिन नसक्दा आफुहरुले दुख पाउने गरेको जेष्ठ नागरिकहरुको भनाई छ । लकडाउनका कारण बैंकहरु भने हप्ताको तिन÷चार दिन मात्रै खुल्ने गरेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख २२ गते सोमवार
प्रतिक्रिया