आज धेरै स्थानमा हावाहुरी सहित वर्षा हुने

काठमाडौ, २२ बैशाख ।

अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ । आज धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।मौसमविद् गङ्गा नगरकोटीका अनुसार पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसम बदली भइ देशका विभिन्न ठाउँमा पानी पर्न लागेको हो ।

यसपालि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले लगातार जसो पानी परिरहेको छ । पोहोर र परार यसरी लगातार जसो पानी नपरे पनि यसपालि बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण पानी परिरहेको हो ।मौसमविद् नगरकोटीले यो हप्ताभरिकै मौसम यस्तै रहने सम्भावना रहेको जानकारी दिनुभयो ।

बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम नरोकिएको र पश्चिमी वायुसँगै स्थानीय वायुको पनि प्रभाव भएकाले मौसम बदली भइ लगातार जसो पानी परिरहेको उनको भनाइ छ ।आज दिउँसो र राति पनि देशका धेरै ठाउँमा पानी पर्ने महाशाखाको अनुमान छ ।

प्रकाशित मिति : २०७७ बैशाख २२ गते सोमवार
प्रतिक्रिया