लकडाउनमा घुम्न निस्किएका ३ जना पक्राउ

तुलसीपुर,२१ बैशाख

लकडाउनमा बजारमा घुम्न निस्किएका ३ जनालाई प्रहरीले तुलसीपुरमा पक्राउ गरेको छ ।

‘लकडाउन खुलेको छ कि छैन भन्दै बजारमा डुलिरहेका रहेछन,’ पहरी निरीक्षक झलक प्रसाद शर्माले भने – ‘ लकडाउनको उलंघन गरेर विनाकामै बजारमा हिडिरेकाले यिन्त्रणमा लिएका हौ ।’

सम्झाई बुझाई गर्दा उल्टै प्रहरीसंग विवादमा उत्रिएपछि पक्राउन गर्नु परेको प्रनि शर्माले बताए ।

पक्राउ परेकाहरूकाे नाम भने प्रहरीले खुलाएकाे छैन् ।

 

प्रकाशित मिति : २०७७ बैशाख २१ गते आइतवार
प्रतिक्रिया