वेपत्ता भएका सात जनामध्ये चार जनाको शव फेला

कास्की, २० बैशाख ।

कास्कीको अन्नपूर्ण गाँउपालिकामा गएको हिमपहिरोमा परेर वेपत्ता सात जनामध्ये चारजनाको शव फेला परेको छ । अघिल्लो वर्ष माघ तीन गते अन्नपूर्ण गाँउपालिका वडा नं ११ मा पर्ने हिङकु केभ इलाकामा गएको हिमपहिरोमा तीनजना नेपाली सहयोगी तथा चारजना कोरियन पर्यटक वेपत्ता भएका थिए ।

उनीहरूमध्ये दुुई जना नेपाली र दुुई जना कोरियन नगारिकको शव फेला परेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।वेपत्ता भएका उनीहरुको खोजीमा नेपाली सेनाको पश्चिम पृतना हेड्क्वार्टरको समन्वयमा विशेष फौज बाहिनी अन्तरगत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट टोली खटिएको थियो ।

प्रकाशित मिति : २०७७ बैशाख २० गते शनिवार
प्रतिक्रिया