नगर प्रमुख केसीद्वारा श्रमिक दिवसमा शुभकामना

लमही , १९ बैशाख

लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमजीवीहरूलाई शुभकामना व्यक्त गर्नु भएको छ ।

शुक्रबार नगर प्रमुख केसीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै, श्रम शक्तिको विकासवाट नै समृद्ध नगरको निर्माण सम्भव छ । श्रम शक्तिको सम्मानको वातावरण बनाएर अघि बढ्न हामी दृढ संकल्पित रहेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । सम्पूर्ण श्रमिकहरू प्रति सम्मान छ ।

हामी विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको संघर्षमा छौं । यति बेला सरकारले गरेको लकडाउनकाे पालना गर्दै, काेराेना भाइरस (काेभिड १९)काे विरूद्वकाे संघर्षमा हामी एकजुट हुन अाव्श्यक छ ।।

प्रकाशित मिति : २०७७ बैशाख १९ गते शुक्रवार
प्रतिक्रिया