मलैखोलाका घर्ती विरुद्ध प्रहरीमा बाल यौन दुरुपयोग सम्बन्धी मुद्दा दर्ता

तुलसीपुर, १८ बैशाख

पश्चिम दाङको मलैखोलाका एक युवक विरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा बाल यौन दुरुपयोग सम्बन्धी मुद्दा दर्ता भएको छ ।

पिडितले दिएको जाहेरीका आधारमा बबई गाउँपालिका–७ मलैखोला निबासी २४ बर्षका हरी घर्तीमगर विरुद्ध बाल यौन दुरुपयोग सम्बन्धमा मद्दा दर्ता भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए ।

‘यौन सन्तुष्टिका लागि १८ बर्ष मुनिका बालीकालाई संवेदशील अंगमा छुने, जिस्क्याउने , अथवा करणीको प्रकृयामा रहेको तर करणी नगरेको अवस्थामा यौन दुरुपयोग मुद्दा चल्छ ’ प्रहरी निरीक्षक शर्माले भने ।

ओरोपी युवक भने फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख १८ गते बिहिवार
प्रतिक्रिया