तुलसीपुर खानेपानी संस्थाद्धारा निशुल्क दिदै आएको पानी हाललाई स्थगित

तुलसीपुुर, १७ बैशाख ।

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले विगत एक हप्ता देखी निशुल्क वितरण गदै आएको पानी (मिनीरलवाटर) हाललाई स्थगित गरेको जनाएको छ ।लकडाउनको समयमा तुलसीपुर हुदै सल्यान, रुकुम, रोल्पा जाने पैदलयात्रु तथा अलपत्र परेका नागरिकलाई पानीको तिर्खा मेटाउने उद्देश्य गोठिखोला प्रहरी चेकपोष्टमा निशुल्क रुपमा पानीको व्यवस्थापन गदै आएको संस्थाका अध्यक्ष खेमराज वलीले बताएका छन् । सुरुमा एक हप्ताका लागी वितरण गर्ने भन्ने योजना अनुरुप पानी दिदै आएको बताउदै अध्यक्ष वलीले हाललाई स्थगित गरिएको जानकारी दिएका छन् । पानी वितरणको पहिलो दिन आठ सय चालिस जनालाई पानी निशुल्क रुपमा पानी खुवाएको अध्यक्ष वलीले जानकारी दिएका छन् ।

विपत्तीको समयमा अन्य सहयोग गर्न नसकेपनि पानी सहयोग गर्न सकिने भन्दै यस्तो कार्य गरिएको उनको भनाई छ ।
रातदिन आवतजावत गर्ने नागरिकले तिर्खा लागेर गोठिखोला प्रहरी चेकपोष्टमा पानी माग्ने गरेका थिए । आफुहरुले नागरिकलाई पानी खुवाउन नसकेको अवस्थामा खानेपानी संस्थाले पानीको व्यवस्थापन गरेपछि धेरै नागरिकले पानी खान पाउनु भएको गोठीखोला प्रहरी चेकपोष्टका प्रहरी सहायक निरीक्षक राजकुमार घर्तिको भनाई छ ।

खानेपानी संस्थाले सुरक्षाकर्मी र पैदलयात्रुहरुको लागी तुलसीपुर बजार चोकचोकमा पनि निशुल्क रुपमा खानेपानीको व्यवस्था मिलाएको संस्थाका उपाध्यक्ष गिरधारी पौडेलले बताएक छन् । त्यस्तैगरी तुलसीपुर क्षेत्रमा रहेका क्वारेन्टाईन, खाना पकाउने स्थानमा पनि पानी निशुल्क रुपमा उपलब्ध गराईएको उपाध्यक्ष पौडेलले बताएका छन् ।विशेषगरी प्रहरी विटमा बस्ने प्रहरीलाई आफुहरु पानीको व्यवस्था मिलाएको उनको भनाई छ । पानी वितरणका लागी एक जना कर्मचारी समेत खटाईएको थियो । बुधवार खानेपानी संस्थाको टोलीले गोठिखोला प्रहरी चेकपोष्टमा पुगेर पानीको व्यवस्था हाललाई स्थगित गरिएको जानकारी गराएको हो ।

 

प्रकाशित मिति : २०७७ बैशाख १७ गते बुधवार
प्रतिक्रिया