संबाद समूहद्धारा भीडियो कन्फ्रेरन्स

सुशील बस्नेत

दाङ,१७ बैशाख ।   कोभिड १९ र बालबालिका,महिला,अपाङ,जेष्ठ नागरिक र दलीतको अबस्थाका बारेमा भीडियो कन्फ्रेरन्स मार्फत  बुधबार दाङमा गरिएको छ ।

सो अवसरमा लकडाउनले पारेको प्रभावका कारण महिला, बालबालिका, जेष्ठ नागरिक, असक्त अपाङ्गले भोग्नु परेको समस्या, त्यसको समाधनका विषयमा छलफल गरिएको थियो ।

संबादमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० का अध्यक्ष एबम सामाजिक बिकास समितिका संयोजक कुमार लामिछाने,नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, बालबालिकाको तर्फबाट ईशा वली,महिला प्रतिनिधि प्रभा खड्का,अपाङका यज्ञ बिक,जेष्ठ नागरिकका खुमानन्द अधिकारी र दलितको तर्फबाट निर्मल नेपाली सहभागि थिए ।

भीडियो कन्फ्रेरन्सकाे सहजीकरणा  संबाद समूहका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गरेका थिए ।

यसअघि स्वास्थ्य,राहत संकलत तथा बितरण,सीमा सुरक्षा,दलहरुको भूमिका,पत्रकारहरुको भूमिका, जनपतिनिधिहरुको भूमिका, प्रदेश सरकारको भूमिका लगायतका बिषयमा संबाद गरिएकाे थियाे ।

प्रकाशित मिति : २०७७ बैशाख १७ गते बुधवार
प्रतिक्रिया