पसल चोरी आरोपमा तुलसीपुरमा ४ जना पक्राउ

तुलसीपुर, १७ बैशाख

तुलसीपुरको मदन–आश्रीत चोक नजिकै एक मोबाईल पसलमा चोरी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

जोन कम्प्युटर फोटो एण्ड मोबाईल पसलमा चोरी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–६ निबासी १४ बर्षका सरोज नेपाली, ५ का १६ बर्षका मोहन विक, अटोभिलेज निबासी १५ बर्षका कमल परियार र घोराही उपमहानगरपालिका–९ रजेना निबासी १५ बर्षका अनिश राईमी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनिहरुको साथबाट ७ थान मोबाईल, ३ थान घडि, एयरफोन लगाएतका सामान बरामद गरेको छ । गएराति पसल फोडेर चोरी गरेका उनिहरुलाई प्रहरीले बिहान ८ बजे पक्राउ गरेको थियो ।

 

प्रकाशित मिति : २०७७ बैशाख १७ गते बुधवार
प्रतिक्रिया