नेकपाको सचिवालय बैठक बुधबार बस्ने

काठमाडौ, १६ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बुधबार बस्ने भएको छ ।मंगलवारका लागि बोलाइएको बैठक बुधबार बेलुकी ५ बजेका लागि सारिएको नेकपाले जनाएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलवारभेटवार्ता भएलगत्तै सचिवालय बैठक बस्ने भनिएको थियो ।

केही दिन यता नेकपाभित्र देखिएको आन्तरिक विवादका कारण नेकपामा सचिवालय र स्थायी कमिटी बैठक बोलाउन दबाब बढ्दै गएको छ । सोमबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालपक्षबीच भएको छलफलमा मंगलबारका लागि सचिवालय बैठक बोलाउने तय भएको थियो ।यस्तै केही दिनअघि नेकपाका २० स्थायी कमिटी सदस्यले लिखित रुपमा अध्यक्षद्वयलाई सामूहिक पत्र बुझाउँदै बैठकको माग गरेका थिए ।

प्रकाशित मिति : २०७७ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया