तुलसीपुर ४ नम्वर वडालाई सहयोग गर्ने दाताहरु यीनै हुन

तुलसीपुर, १६ बैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ लाई विभिन्न दाताहरुले खाद्यन्न सहयोग गरेका छन् । विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न वर्गहरु भोकभोकै बस्न नपरोस् भनेर उनीहरुले खाद्यन्न सहयोग गरेका छन् । ४ नम्वर वडामा अधिकांस कृषक र मजदुरी वर्गहरुको बसोबास रहेको भन्दै त्यस्ता परिवारलाई खाद्यन्न वितरणका लागी सहयोग उपलब्ध गराईएको हो ।

वडामा अति बिपन्न तथा ज्यालामजदुरी गरी खाने वर्गहरुको पहिचान गर्ने क्रममा धेरैको नाम छनौट भएपछि उपमहानगरपालिका विपद कोषबाट दिईएको राहत अपुग हुनेभएपछि सहयोगीदाताहरु खोजेर सवैलाई राहत वितरण गरिएको वडा अध्यक्ष बालकृष्ण राना(धुव्र)ले बताएका छन् । उपमहानगरपालिकाको विपद कोषबाट प्राप्त भएको राहत र सहयोगीदाताहरुले दिएको राहतलाई मिलाएर पहिलो चरणमा वडाका पाँच सय घरपरिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष रानाले बताएका छन् । अहिले पनि वडामा छिटफुटहरुलाई राहत दिने क्रम जारी रहेको छ ।

सहयोग गर्नेहरुमा खाद्रे निवासी स्वर्गिय यम बहादुर रानाको सम्झनामा छोरा विशान रानाले २५ क्वीन्टल चामल,छविकुमार शर्माको सम्झनामा डाक्टर विवेक शर्माले १० क्वीन्टल, व्यवसायी पदम खत्रीले १० क्वीन्टल , बसन्त अधिकारीले १० क्वीन्टल, वडा सदस्य तथा जिल्ला समन्वय समिति दाङकी सदस्य समेत रहेकी सावित्रा रिजालकी जेष्ठ सुपुत्र मधुकर रिजालले ५ क्वीन्टल, दाङ काठमाडौ सम्पर्क मन्चका अध्यक्ष पुर्ण केसीले ३ क्वीन्टल , आमा बालकुमारी शर्माको सम्झना र छोरा आनन्द अधिकारीको जन्मदिनको उपलक्ष्यमा मधुसुदन अधिकारीले ३ क्वीन्टल चामल सहयोग गरेका छन् । सहयोग गर्नेदाताहरुप्रति वडा कार्यालयको तर्फबाट वडा अध्यक्ष रानाले आभारप्रकट तथा धन्यावाद ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया